Logo

मोदीको त्रीकलले कमाल



काठमाडौं ७ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख दलका तीनजना नेताहरूलाई टेलिफोन गरी निर्वाचन पछिको राजनीतिक घटनाक्रमबारे धारणा राखेपछि नयाँ घटनाक्रम विकास भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको बिहिबार छुट्टाछुट्टै फोनवार्ता गरेपछि एक—आपसमा गालीगलौजसम्म उत्रिएका नेताहरू बैठक बस्न पुग्नुलाई संयोग मात्र मान्न होइन ।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्य दलका नेताहरूको बैठक बसेको छ । राष्ट्रिय सभा सांसदको निर्वाचन प्रणालीबारे विवाद भइरहँदा दलहरूले त्यसबारे छलफल गरेका हुन् । मोदीले तीनजना नेताहरूलाई टेलिफोनमार्फत् राजनीतिक सहमतिका साथ स्थायित्व र समृद्धितर्फ बढ्न सुझाव दिएका थिए ।

त्रीकलपछि नेताहरू समेत लचिलो बनेका छन् । पछिल्लो विवाद समाधान गर्नेतर्फ नेताहरू सक्रिय भएका छन् । यसबाट राजनीतिक निकास निस्कने संकेतहरू मिलेको छ ।

टेलिफोन कुराकानीबारे एमालेले सचिव प्रदीप ज्ञवालीमार्फत् प्रेस विज्ञप्ति निकालेको छ । विज्ञप्ति आफैमा अर्थपूर्ण छ । भारतसँग ओलीको सम्बन्धमा चीसोपन रहिरहँदा एमालेले मोदीले ओलीलाई प्रधामन्त्रीको रूपमा भारतमा भेट्ने चाहना राखेको आशयको विज्ञप्ति निकालेको छ । ओलीको प्रधानमन्त्री बन्ने दौडमा मोदी समेत सकारात्मक रहेको सन्देश एमालेले प्रवाह गर्न खोजेको छ । एमालेका एक नेताले रिपोर्टर्स नेपाल डट कमलाई बताए अनुसार ओली भारतीय पक्षसँग बाहिर देखिए जस्तो दूरीमा छैनन् ।

यसअघि एमाले अध्यक्ष ओली भारतका सबैभन्दा कडा आलोचक देखिदै आएका थिए । नाकाबन्दीपछि उनी खरो रुपमा प्रस्तुत भएका थिए । रिपोर्टर्स नेपाल डट कमलाई विश्वस्त सूत्रले बताए अनुसार ओलीले भित्री रुपमा भारतसँग सामिप्यता राख्दै आएको र त्यसको नतिजा चुनावपछिको घटनाक्रममा देखिदै छ ।

गुजरात राज्यसभाको चुनावमा व्यस्त रहेका मोदीले छैंठोपटक भारतीय जनता पार्टीलाई बहुमत दिलाएपछि नेपाल मामलामा चासो देखाउने समय पाएको बुझिएको छ । रिपोर्टर्स नेपाल डट कम सूत्रका अनुसार मोदीले नेपाल मामलामा निकै चासो लिने गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रममा समेत उनले भूमिका देखाउन थालिसके । त्रीकल यही भूमिका अन्र्तगतको हो ।



प्रतिक्रिया दिनुहोस्