Logo

एमाले बैठक बामदेव निवासमा, पार्टी एकता कसरी गर्ने भन्नेमा छलफल केन्द्रित



७ पुस, काठमाण्डौ । नेकपा एमालेका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । नर्याँ सरकार गठन, पार्टी एकता र राष्ट्रय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न बैठक बसेको हो । नेता वामदेव गौतमको घरमा बसेको बैठकमा नेकपा माओवादीसँग कसरी पार्टी एकता गर्ने भन्ने विषयमा छलफल बढि केन्द्रित रहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा स्विकार गरिसके पनि एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई पार्टी अध्यक्ष बनाउन आलटाल गरिरहेको छ ।

यस विषयमा एमालेभित्रै पनि एकमत हुन सकेको छैन । केही नेताहरुले पार्टी एकताका लागि माओवादीलाई सन्तुष्ट बनाउनुपर्ने र त्यसका लागि पार्टी अध्यक्ष नै विकल्प भएको बताएका छन् । तर केही नेताहरुले भने प्रचण्डलाई अध्यक्ष दिन नहुने पक्षमा छन् ।

५ वर्षे अवधिमा आधा समय ओली र आधा समय प्रचण्डलाई प्रधानमन्त्री बनाउने शर्तमा पार्टी एकता गर्नुपर्ने तर्क एमालेका कतिपय नेताहरुको छ । तर माओवादीले भने ओलीलाई प्रधानमन्त्री स्विकार गरेर प्रचण्डलाई पार्टी अध्यक्ष बनाउनुपर्ने आशय व्यक्त गरेको छ ।

आजको बैठकमा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारमा पनि छलफल भएको छ । सभा गठनका लागि एकल संक्रमणीय मत वा बहुमतीय प्रणाली भन्नेमा कांग्रेस र एमालेबिच विवाद भइरहेका बेला एमालेले यस विषयमा पनि छलफल गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot