Logo

‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन, जीवन रहेसम्म इमानका साथ काम गर्नेछु’ : ओली



काठमाडौँ, ८ पुस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवन रहेसम्म पूर्ण इमानका साथ काम गर्ने बताएका छन् । ‘मेरो परिभाषामा राजनीतिमा बेइमानीको ठाउँ छैन’ ओलीले भने –‘जीवन रहेसम्म इमानका साथ काम गर्नेछु ।’

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले हरेक व्यक्तिको आयु सिमित हुने भएकाले आफूले त्यसमा चिन्ता कहिल्यै नगर्ने पनि बताए । भावी प्रधानमन्त्रीका रुपमा हेरिएका अध्यक्ष ओलीले कृष्णप्रसाद भट्टराईको सपना र मुलुक बनाउने अठोटलाई पूरा गर्न लागिपर्ने प्रतिवद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्