Logo

पुर्व राज्यमन्त्री बानियाँलाई पितृ शोक



काठमाडौं, १० पुस । नेपाली काँग्रेस मकवानपुरमा जिल्ला सभापति तथा हालै निर्वाचित प्रदेश सभा सदस्य इन्द्र बहादुर बानियाँलाई पितृ शोक परेको छ ।

पुर्व राज्य मन्त्री समेत रहनु भएका बानियाँका पिता खेमबहादुर बानियाँको ७९ बर्षको उमेरमा सोमबार विहान पाँच बजे काठमाडौ स्थीत बयोधा अस्पतालमा निधन भएको हो ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । अन्त्यष्टी गर्नु पुर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाँण, अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतले उहाँको शवमा काँग्रेसको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

मकवानपुर निवासी बानियाँका श्रीमती, दूई ओटा र ६ छोरी हुनुहुन्छ । जेठा छोराको भने केही बर्ष अघि दुर्घटनामा परी निधन भएको थियो । पिसावमा सामन्य समस्या भएपछि अस्पतालमा भर्ना हुनुभएका बानियाँको उपचार सफल नभएर निधन भएको परिवारजनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्