Logo

समानुपातिक स्थान बाँडफाँटमा राजपा



काठमाडौँ, १० पुस (रासस) : राजपा नेपाल प्रदेशसभाअन्तर्गत समानुपातिक स्थान बाँडफाँटमा लाग्दैछ ।नेतृत्वले पार्टीमा योगदान गरेका भन्दा पनि आफन्त र नजिककालाई सांसद् बनाउन लागेकामा विवाद बढेको बताइएको छ ।

समानुपातिक स्थान बाँड्न विवाद देखिएपछि राजपा अध्यक्षमण्डल बैठकले उक्त विवाद किनारा लगाउन आज अपराह्न १ बजेका लागि बैठक बोलाएको भए पनि नेताहरूको अनुपस्थितिका कारण बैठक बस्न सकेन ।

अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरत्सिंह भण्डारीबाहेक अरु नेता उपस्थित हुन नसकेपछि बैठक स्थगन भएको हो । राजपाका महासचिव केशव झाले बैठक मंगलबार पुनः बसी समानुपातिक स्थान बाँडफाँटको टुंगो लगाउने जानकारी दिँदैे समानुपातिक स्थान बाँडफाँटमा दलभित्र सामान्य विवाद रहेको स्वीकार्नुभयो ।

केही नेताहरू काठमाडौँ उपत्यका बाहिर रहेको र प्रतिकूल मौसमका कारण विमान उड्न नसकेका कारण पनि राजधानी आउन समस्या भएको बुझिएको छ ।राजपाले प्रदेशसभा समानुपातिकमा १२ स्थान जितेको छ ।

सोअनुरुप प्रदेश नं २ मा १० तथा प्रदेश नं ५ र ७ मा एक एक स्थान पाएको छ । राजपाले प्रतिनिधिसभातर्फ प्रदेश नं. २ मा १० र प्रदेश नं ७ मा एक गरी ११ स्थान जितेको छ ।



प्रतिक्रिया दिनुहोस्