Logo

मेडिकल माफिया खुमा अर्यालको निर्देशनमा कांग्रेस उम्मेदवार गोपालमानलाई हराउन एमालेकी पद्मालाई ५ करोड सहयोग



१२ पुष, काठमाण्डौ । स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै कांग्रेसका स्थानीय नेताहरुबीच कुटाकुट भएको थियो । चुनावबारे समिक्षा गर्न बैठक चलिरहेका बेला भेषराज अर्याल र कमल प्रसाद ढकाल प्रवेश गरेपछि विवाद सुरुभएर कुटाकुट नै भएको थियो । अर्याल कांग्रेस नेता खुमा अर्यालका भाइ हुन् ।

स्याङ्जामा कांग्रेस उम्मेदवार गोपालमान श्रेष्ठले चुनाव हारेका थिए । समीक्षात्मक बैठकमा अन्तर्घातको विषय उठेपछि कुटाकुट भएको थियो । स्याङ्जा क्षेत्र नम्बर २ मा श्रेष्ठ एमालेकी उम्मेदवार पद्मा अर्यालसँग पराजित भएका थिए ।

श्रेष्ठलाई हराउन भूमिका खेलेका कांग्रेसकै नेता खुमा अर्यालले एमालेकी उम्मदेवारलाई ५ करोड रुपैयाँ खर्च गरेको आरोप कांग्रेस नेताहरुले लगाएका छन् ।
मेडिकल कलेज संचालनको नाममा घुसखोरी गरेर कमाएको पैसा खर्च गरी श्रेष्ठलाई हराउन खुमा अर्यालले भूमिका खेलेको कांग्रेस नेताहरुको ठहर छ । आफूले टिकट पाउनुपर्ने भन्दै दौडधुप गरेका अर्यालले टिकट नपाएपछि कांग्रेसकै उम्मेदवारविरुद्ध उत्रिएका थिए । अर्यालले टिकटका लागि सभापति शेरबहादुर देउवालाईसमेत पैसा खुवाएको आरोप छ ।

नेपाली विद्यार्थीहरुलाई महङ्गो पैसा लिएर गुणस्तरहिन मेडिकल शिक्षा दिँदै आएका उनले भैरहवामा युनिभर्सल मेडिकल कलेज संचालन गर्दै आएका छन् ।
कमिसनका भरमा काम गर्ने भनि आरोप लागेका उनले आफ्नो ज्यान मार्न खोजेको भन्दै श्रेष्ठविरुद्ध नै मुद्दा दायर गर्ने प्रयास गरेका छन् । यद्यपी उनको मुद्दा दायर हुन सकेको छैन ।

कांग्रेसको बैठकमा गएपछि उनका भाइ भेषराजलाई अन्तरघात गरेको आरोप लगाउँदै कालो मोसो लगाउनुपर्ने भए पनि अबिर लगाइदिनुपर्छ भन्दै कांग्रेसका नेताहरुले अबिर लगाइदिएपछि विवाद सुरु भएको थियो ।

गोपालमान श्रेष्ठको निर्देशनमा आफूहरुमथि आक्रमण गरिएको आरोप लगाउँदै ज्यान मार्ने मुद्दा दायर गर्न खोजिएको थियो ।
उक्त घटनामा शेरबहादुर र रामचन्द्रको टिमबिच कुटाकुट भएको भनिए पनि त्या गलत भएको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्