Logo

आज मेलमिलाप दिवस मनाइदै,वीपीको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक



पुस १६, काठमाण्डौ । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो ।

महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाइयो ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।
त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति लिएर स्वदेश फर्किए ।

सोही दिनको सम्झनामा हरेक वर्ष पुस १६ गतेलाई नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरुले ‘मेलमिलाप दिवस’का रूपमा मनाउँदै आएका छन् ।
वीपीको मेलमिलापको नीतिलाई अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्