Logo

राप्रपा फुटको संघारमा, अध्यक्ष कमल थापालाई बर्खास्त गर्ने तयारीमा दिलनाथ गिरी



१६ पुस, काठमाण्डौ । आवेगको भरमा आफूलाई मन्त्रीबाट फिर्ता बोलाइएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरीले अध्यक्ष कमल थापाप्रतिआपत्ति जनाएका छन् ।

पार्टी अध्यक्ष थापाले सुझबुझपूर्ण निर्णय गर्नुपर्नेमा अनाहकमा पार्टीकै बदनाम हुने गरी आफूलाई मन्त्रीबाट फिर्ता बोलाएका आरोप लगाउँदै कमल थापालाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

थापाको नैतिक रुपमा अध्यक्ष बन्ने हैसियत नभएको भन्दै गिरीले राष्ट्रिय भेला बोलाएर अध्यक्षबाट बर्खास्त गर्ने चेतावनी दिएका हुन् ।
“अध्यक्ष थापाले लोकतान्त्रिक चरित्र देखाएनन् । मण्डले प्रवृत्तिका मान्छे हुन् । अब राष्ट्रिय भेला बोलाउँछु ।” गिरीले भने ।

थापाको कार्यशैलीप्रति कार्यकर्ता अधिकाशं नेताहरुसमेत रुष्ट भएको गिरीको दाबी छ । सबै कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गर्दै गिरीले अहिले कमल थापाकै पक्षका मान्छेहरु पनि रुष्ट भएको दाबी गरे । “नेताहरुले मन्त्रीबाट फिर्ता बोलाइहाल्नुपर्ने स्थिती नरहेको बताइरहेका छन् ।” गिरीले भने ।

राप्रपा अध्यक्ष कमल थापाले सचिव नियुक्तिको विषयलाई लिएर शहरी विकास मन्त्री रहेका गिरीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरका थिए ।



प्रतिक्रिया दिनुहोस्