Logo

एमाले नेताहरु बाहिरिएपछि प्रचण्ड र देउवाबिच वालुवाटारमा अर्को बैठक, के कुरा भयो ?



२० पुस, काठमाण्डौ । सर्वदलीय बैठकका लागि वालुवाटार पुगेका माओवादी अध्यक्ष प्रचण्डले एमालेका नेताहरु बाहिरीएपछि देउवासँग छुट्टाछुट्टै कुरा गरेका छन् ।

प्रधानमन्त्री देउवा र प्रचण्डको साथमा मधेशवादी दलका नेताहरु पनि छलफलमा सहभागि थिए ।  छलफलका क्रममा प्रचण्डले देउवालाई सबै दलहरु मिलेर सहमतिमै अगाडि बढ्नुपर्ने धारणा राखेका थिए । कांग्रेससँग पनि आफू सहकार्य गर्न तयार रहेको प्रचण्डले सुनाएका थिए ।

तर देउवाले भने सहकार्य होइन प्रधानमन्त्री नै बन्नुस भनेका थिए ।
प्रचण्डले भने जवाफमा एमालेसँग पार्टी एकता गर्ने तयारी भइरहेकाले अरु विकल्पबारे अहिले केही नसोचेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्