Logo

पार्टी एकता र नयाँ सरकार चाँडै : नेता खनाल



बनियानी, झापा, २० पुस (रासस) : नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता र नयाँ सरकार चाँडै गठन हुने बताउनुभएको छ ।झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई कुनै शक्तिले पनि रोक्न सक्दैन ।”

पूर्वप्रधानमन्त्री खनालले “नयाँ सरकार र पार्टी एकता चाँडै हुन्छ, यस बिषयमा दुवै पार्टीबीच गृहकार्य भइरहेको छ,” भन्दै बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो ।“वाम गठबन्धनबीच दरार ल्याउन विभिन्न खाले प्रचारबाजी भइरहेको छ”–उहाँले भन्नुभयो, “त्यो सबै निराधार कुरा हुन् ।”



प्रतिक्रिया दिनुहोस्