Logo

रुपन्देहीमा व्यवसायीमाथि गोली प्रहार



बुटवल, २१ पुस : रुपन्देहीको देवदह नगरपालिकामा गोली प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह -२ ढेकारका बलु पौडेल माथि गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक पवन भट्टराईका अनुसार ३५ वर्षीय पौडेल फर्निचर ब्यवसायी हुन्। गोली प्रहार गर्ने दुई जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको डीएसपी भट्टराइले बताए । देबदहमै यस अघि युवा संघका नेता दुर्गा तिवारीको पनि हत्या भएको थियो ।



प्रतिक्रिया दिनुहोस्