Logo

सिँचाई मन्त्री गौतमले पत्रकारलाई किन भने, तपाईहरुको पहुँच त गज्जब छ बा ।”



२३ पुस, काठमाण्डौ । सिंचाईमन्त्री सञ्जय गौतमले प्रस्तावित राजधानीको नामसूचि सरकारले सार्वजनिक नगरेको तर संचारमाध्यमले चलाखी गरेर सार्वजनिक गरेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री गौतमले सरकारले निर्णय नगरीकन सार्वजनिक गर्न नहुने कुरा कसरी बाहिर गयो भनेर आफूहरु आश्चर्यमा परेको बताए ।

“बाहिर छताछुल्ल हुनुपर्ने कुरा होइन । मन्त्रीपरिषदले नीतिगत रुपमा छलफल मात्रै गरेको हो । तपाई पत्रकाहरुले कहाँकहाँबाट खोजिहाल्नुहुन्छ के गर्ने ?” गौतमले भने । “कहाँकहाँबाट पत्ता लगाउनुहुन्छ ? तपाईहरुको पहुँच त गज्जब छ बा ।”

“जहाँ न पहुँचे रवि वहां पहुँचे कवि भन्थे, त्योभन्दा पनि तपाईहरु त एक स्टेप अगाडि पुग्नुभयो ।” गौतमले भने ।

फरक प्रसङ्गमा मन्त्री गौतमले प्रदेश नम्बर पाँचको राजधानी कहाँ बनाउने भन्ने विषयमा आफूले केही नभन्ने बताए ।

“बर्दिया बनाउनुपर्छ भनौँला एकछिनलाई, बर्दियाबाट निर्वाचित भएको मान्छले । बाँके बनाउनुपर्छ भनौँला । भन्दैमा हुन्छ र? मलाई त बर्दिया नै बनाउन मन छ नि ।”



प्रतिक्रिया दिनुहोस्