Logo

जहाजले आज पनि धोका दियो, ओलीलाई भेट्न प्रचण्ड बाई रोड आउँदै



काठमाडौं, २३ पुस । मौसम खरावीका कारण भरतपुर–काठमाडौंको उडान हुन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गाडीबाटै काठमाडौं प्रस्थान गरेका छन्। भरतपुर महानगरपालिकाकी मेयर तथा छोरी रेणु दाहालको गाडी चढेर उनी काठमाडौं प्रस्थान गरेका हुन्।

यति एयरलाइन्सको पहिलो उडानबाटै प्रचण्डको काठमाडौं आउने कार्यक्रम थियो। तर, हुस्सुले लागेर काडमाडौंबाट जहाज भरतपुर जान नसकेपछि प्रचण्डले सडकको विकल्प रोजेका हुन्। शुक्रबार भएको भरतपुर महानगरपालिकाको नगरपरिषद् बैठक उद्घाटनका लागि प्रचण्ड विहीबार अपरान्ह त्यसतर्फ लागेका थिए।

शुक्रबार नगरपरिषदको उद्घाटन गरेपछि प्रचण्डले चितवनमा राजनीतिक–पारिवारिक भेटघाट गरेर बिताएका थिए । केही समयअघिमात्र भरतपुरबाट छोरी रेणुको गाडीबाट काठमाडौंका लागि प्रस्तान गरेका प्रचण्ड मुग्लिनबाट चाहिँ आफ्नै गाडीबाट काठमाडौं आउनेछन्। गाडीबाट काठमाडौं आउनु परेपछि आज हुने भनिएको प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाटपनि अनिश्चित बनेको छ।



प्रतिक्रिया दिनुहोस्