Logo

मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि दुई ग्यास उद्योग सिल



काठमाडौं, २३ पुस । आवश्यक मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याएको पाइएपछि गुणस्तर तथा नापतौल विभागले दुई ग्यास उद्योग सिल गरेको छ ।

विभागको अनुगमन टोलीले आइतवार धादिङको बैरेनीमा सञ्चालित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिल गरेको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए ।

उनका अनुसार दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अनुगमनको क्रममा ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको ‘टेर वेट’ परिक्षण नगरेको पाइएको थियो । हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि त्यसो नगरी पुरानै सिलिण्डरमा नयाँ पेन्ट गरेर बजारमा पठाएको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्