Logo

सर्वोच्चको आदेशप्रति सकारात्मक छु : डा. केसी



काठमाडौं, २६ पुस । त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोविन्द केसीले सर्वोच्चको आदेशलाई सकारात्मक भनेका छन् । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले आदेश अनुसार बुधबार साँझ साधारण तारेखमा रिहा भएका छन् ।

साथै प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि, उमेर विवादमा न्याय परिषद् गरेको निर्णय र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी झिकाउन आदेश दिएको छ ।

अदालतको अवहेलना मुद्दामा डा. केसी सोमबार अनस्थलबाटै पक्राउ परेका थिए ।  प्रहरी हिरासतबाट रिहा भएपछि डा. केसीले सर्वोच्चको आदेश सकारात्मक भएको बताएका छन् । अदालतबाट निस्केन क्रममा उनले भने, ‘जे आदेश भयो, त्यसलाई मैले सकारात्मक रुपमा लिएको छु, सत्याग्रह स्थगित हुन्छ कि निरन्तरता दिने भनेर भोलि निर्णय लिन्छु ।’  उनले आफ्नो पक्षमा बहस गर्ने तथा समर्थन गर्ने सबैप्रति आभार प्रकट गरे ।

इजलासले केसीले उठाएको माग बमोजिम प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताको फाइल पनि झिकाउन आदेश दिएको छ।

अदालतकाे अादेशमा भनिएको छ- “गोपाल पराजुलीकाे नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपी झिकाउनुका साथै न्यायपरिषदबाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाण पत्रका प्रतिलिपीसमेत झिकाउनू। ”

अदालत शशी शर्माको मुद्दाको पुस २३ गते भएको फैसलाको मिसिलसमेत मागेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot