Logo

सरकार र निर्वाचन आयोगले कर्तव्य पुरा गर्न सकेनन् : पोखरेल



शरद रेग्मी, दाङ २६ पुस । नेकपा एमालेका नेता शंकर पोख्रेलले जनताले आफ्नो नेता चुन्दा समेत सरकारले जनप्रतिनिधिलाई नचिन्नु विडम्वना भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपाल दाङले बुधवार टरिगाउँ एयरपोर्टमा आयोजना गरेको पत्रकार सम्मलेनमा प्रदेशसभा सदस्य समेत रहेका नेता पोख्रेलले जनप्रतिनिधिलाई राज्यले अझैं नचिन्नु विडम्वना भएको बताएका हुन ।

एक महिना वितिसक्दा पनि जनताले चुनेका प्रतिनिधिलाई राज्यसंग जोड्ने कतव्र्य राज्य र निर्वाचन आयोगले पुरा नगर्नु विडम्वना भएको उनले बताए । ‘ जनताले चुने तर राज्यले अझैं हामीलाई चिनेको छैन यो जनमतको अपमान हो,लोकतन्त्रको विडम्वना हो ।’ नेता पोखरेलले भने । जे वाहाना बाजी गरेपनि कतव्र्य पुरा नगर्ने तर त्यो देखाउने विषय नभएको हुँदा कुनैपनि हालतमा यस्लाई उचित मान्न नसकिने उनले बताए । ‘ जिम्मेवारी हस्तान्तरण गर्न छोडी सरकार र निर्वाचन आयोग वाहानामा रमाउनु लोकतन्त्रको विडम्वना हो ।’ नेता पोखरेलले भने ।

बुधबार विहानमात्रै पार्टी एकताको लागि दुई पार्टीका नेतृत्वको बीचमा कार्यदल सहितको महत्वपूर्ण छलफल भएको बताएका नेता पोखरलेले प्रदेशको केन्द्र तोक्ने काम सरकारको भएको भन्दै त्यसमा कुनै विमत्ति नरहने स्पष्ट पारेको बताए ।

‘ बैठकपछि बाम गठवन्धनका दुबै शिर्ष नेतृत्व र प्रधानमन्त्रीका बीचमा भेट भएको र उहाँहरुले प्रदेश सभाको अस्थायी केन्द्र तोक्दा कुनै विमत्ति नरहेको कुरा स्पष्ट पार्नु भएको छ ।’ नेता पोखरेललले भने । तर उनले स्थायी राजधानी भने प्रदेशसभाले मात्रै तोक्ने बताए । अस्थायी राजधानी तत्काल सरकारले तोक्नुपर्ने बताएका नेता पोखरलेलले त्यस्मा आनाकानी र विलम्व स्वीकार्य नहुने बताए ।

नेपाल सरकारले गठन गरेको कार्यदलले समेत सबैभन्दा कम खर्चमा दाङमा अस्थायी केन्द्र सञ्चालन गर्न सकिने निस्कर्ष सहितको प्रतिवेदन बुझाएको नेता पोखरलले बताए । त्यसैलाई आधार मान्दै सरकारले तत्काल प्रदेशको अस्थायी केन्द्र दाङलाई तोक्नुपर्ने उनले बताए ।

दुईपार्टी समायोजनका लागि गठित कार्य दलका सदस्य समते रहेका नेता पोखरलेलले दुई पार्टीको एकता गर्न तीनवटा कुरामा एकरुपता हुन आवश्यक रहेको उनले बताएका छन् । सिधान्त र कार्यक्रममा एकरुपता, विधि र पद्धतिमा एकरुपता र नेतृत्वको प्रश्नमा समायोजन वा संगठनात्मक व्यवस्थापन जस्ता कुराहरु एकरुपताको आधार बन्न सक्ने उनले बताएका थिए ।

रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजीकरण रिपोटर्स क्लवका सचिव विमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्