Logo

डाक्टर केसी तारेखमा रिहा, यस्तो छ अदालतको आदेश (पूर्णपाठ)



काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिनाधरौटी तारेखमा रिहा गरेको छ ।

अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र विवादका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट बुझ्ने भनिएको छ भने प्रमाणपत्रको सम्बन्धमा न्यायपरिषद्बाट कागज झिकाउने उल्लेख छ।

त्यस्तै आदेशमा डा. शशी शर्माको मुद्दाबारे भने सर्वोच्च अदालतबाटै मिसिल झिकाएर अध्ययन गरिने उल्लेख गरिएको छ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासले यो आदेश दिएको हो। अदालतको मानहानी मुद्दामा केसी सोमबार साँझ पक्राउ परेका थिए।
उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनसन सुरु गरेलगत्तै अदालतले उनलाई पक्राउ गर्ने आदेश दिएको थियो।

अदालतको आदेशको पूर्णपाठः



प्रतिक्रिया दिनुहोस्