Logo

नेपाल बार प्रधानन्यायाधीशको रक्षा कवज बनेर उभिन्छ : केसी



काठमाडौं, २७ पुस । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले आफूहरु प्रधानन्यायाधीश गोपाल पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने बताएका छन् ।

बिहीबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष केसीले सर्वोच्च अदालतको पछिल्लो आदेशमा प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकता झिकाउन भनिएको विषयलाई गलत रुपमा प्रचार गरिनु दुःखदायी भएको टिप्पणी गरे ।

उनले भने,‘उहाँको नागरिकता र प्रमाणपत्रको बारेमा कुरा उठेकोले हेर्नको लागि मगाईएको हो, नागरिकता र प्रमाणपत्र ल्याउनु भनेको विषयमा दलका नेताहरुले सडकमा गएर अदालतको बारेमा बोल्नु भनेको गलत हो, यो कानूनी राज्यमाथिको प्रहार हो, यो काम हामीलाई सह्यै छैन्।’

पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे यसअघिपनि कुरा उठेकोमा न्याय परिषद र संसदीय समितिले समेत गलत नपाईएको भनेर स्पष्ट पारेको अवस्थामा अहिले आएर फेरि विवादित बनाउनु गलत भएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot