Logo

कमल थापाको चियापानमा शीर्ष नेताहरु किन गएनन ?



काठमाडौं, २७ पुस । नेपालको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राष्ट्रनायक पृथ्वीनारायण शाहको दिव्ययोपदेशको स्मरण गर्दै आज राष्ट्रिय महत्वका साथ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

गणतन्त्र आएपछि पहिलोपटक पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दियो । सरकारले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म सहभागी भएका थिए । उनीहरुले मुक्तकण्ठले शाहको योगदानको बारेमा प्रशंसा गरेका छन् ।

तर सरकारकै उपप्रधानमन्त्री रहेका राप्रपा अध्यक्ष कमल थापाले आयोजना गरेको विशेष चियापान समारोहमा भने देशका राजनीतिक हस्तीहरुको उपस्थिति भने देखिएन् । थापाले आयोजना गरेको चियापानमा शीर्ष नेताहरुको उपस्थिति न्यून रह्यो । प्रमुख दलका प्रायः नेताहरु आएनन् । प्रधानमन्त्री शेरबहादुर देउवाबाहेक शीर्ष नेताहरु आएनन् । कांग्रेसबाट पनि कोही नेताहरु देखिएनन् ।

यस्तै नेकपा एमालेबाट नेता सुवासचन्द्र नेम्बाङबाहेक अरु कोही पनि नेताहरु थापाले आयोजना गरेको चियापानमा आएनन्। यता नेकपा माओवादी केन्द्रबाट कोही आएन्न् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आएनन् । एमाले अध्यक्ष केपी शर्मा ओली त नियमित स्वास्थ्य जाँचको लागि थाईल्याण्ड गएकाले आउने कुरै भएन । तर नेपालमा रहेका शीर्ष नेताहरु कोही पनि राप्रपाले आयोजना गरेको चियापानमा आएनन् ।

नेपाल पुलिस क्लबमा आयोजना गरिएको चियापानमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई पनि देखिएन्न् । आजको चियापानमा अध्यक्ष थापाले प्रधानमन्त्री देउवालाई विशेष बधाई दिन भ्या । थापाले हिजो रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा पनि प्रधानमन्त्री देउवाकै कारणले आजको दिन सार्वजनिक विदा दिएको बताउँदै देउवा धन्यवादको पात्र भएको धारणा राखेका थिए ।

दोस्रो जनआन्दोलनपछि पृथ्वीनारायण शाहको योगदानलाई उपेक्षा गरेर सरकारले यस राष्ट्रिय पर्वमा बिदा कटौती गरे पनि यो वर्षबाट सार्वजनिक बिदा दिइएकाले महत्वका साथ राष्ट्रिय एकता दिवस मनाइएको हो ।

सरकारले आयोजना गरेको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्ति सहभागी थिए ।

लामो समयदेखि पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्रियस्तरबाट मनाउनुपर्ने माग गर्दै अभियानमा लाग्नुभएका पूर्वमन्त्री मोदनाथ प्रश्रित यो वर्ष यस दिवसमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत सरकारका उच्च ओहोदाका व्यक्तिको उपस्थिति भएकामा खुशी हुँदै भनेका छन्, “गत वर्ष यही दिवसका अबसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाँदा पनि प्रहरीले अभद्र व्यवहार गथ्र्याे, अहिले आनन्दका साथ मनाउन पाइयो, हामी सरकारलाई धन्यवाद दिन चाहन्छौँ ।”

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot