Logo

भारतीय दुतावासले विश्व हिन्दी दिवस मनायो



काठमाडौं, २७ पुस । नेपालस्थित् भारतीय दुतावासले त्रिवी केन्द्रिय हिन्दी विभागको सहकार्यमा आज विश्व हिन्दी दिवस मनाएको छ ।

काठमाडौंस्थित् होटेल अन्नपूर्णमा एक कार्यक्रम आयोजना गरि उक्त दिवस आज मनाईएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जितेन्द्र देवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले वाचन गरेर सुनाएका थिए ।

मन्त्री देवले हिन्दीको महत्वकोबारेमा प्रकाश पारेका थिए । हिन्दी भाषाले नेपाल–भारतवीचको साँस्कृतिक सम्बन्धलाई थप मजबुद बनाएको देवको विश्वास थियो । उनले भने,‘हिन्दीले नेपाल र भारतलाई एकतावद्ध बनाएको छ।’

सोही अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदुत पुरीले भारतीय संस्कृतिलाई रक्षा गर्नको लागि हिन्दी भाषाको उल्लेखनीय भूमिका रहेको सुनाए । त्यस्तै उनले हिन्दी भाषाले विभिन्न क्षेत्र र समाजसँग जोड्नको लागि पनि उत्तिकै भूमिका खेलेको विश्वास दिलाए ।

कार्यक्रममा भारतीय साँस्कृतिक केन्द्र, काठमाडौंले विशेष प्रस्तुति दिएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका करिब दुई सय जना लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot