Logo

केसीको दाबी : चीनको प्रभावमा गठबन्धन बनेको हो भने एमाले-माओवादीवीच एकता हुन्छ, होईन भने प्रचण्ड प्रधानमन्त्री हुन्छन



काठमाडौं, २७ पुस । राजनीतिक विश्लेषक एवम् कम्युनिष्ट आन्दोलनका विज्ञ डा. सुरेन्द्र केसीले चीनको ईन्फल्युन्समा वाम गठबन्धन बनेको हो भने मात्रै यसको अस्तित्व रहने नभए तत्काल भताभुँग हुने ठोकुवा गरेका छन् ।

बिहीबार साँझ पत्रकार ऋषि धमलासँग “जनता जान्न चाहन्छन्” भन्ने कार्यक्रममा कुराकानी गर्दै केसीले यस्तो दाबी गरेका हुन् । उनले भने,“चीनको चाहनामा बाम गठबन्धन बनेको हो भने ओली र प्रचण्डको कुरा मिल्छ । होईन भने यो गठबन्धन अब धेरै लामो समयसम्म टिक्दैन्।”

उनले चीनको प्रभाव र ईशारामा गठबन्धन बनेको हो भने यो निरन्तर अघि बढ्ने र यसले एकताको मुर्त रुप लिने दाबी गरे । उनले थपे,“यदि चीनको सहभागिता छैन भने त यसको भताभुँग त चाँडै सुरु हुन्छ, तर मेरो निश्कर्ष के हो भने यो गठबन्धनमा चीनको प्रभाव छ । ईन्फल््युन्स भयो भने ओली प्रधानमन्त्री बन्छन्, र यीनीहरुको सबै कुरा मिल्छन् ।”

चीनको प्रभाव भए/नभएको कुरा अब चाँडै नै पुष्टि हुने पनि उनको तर्क थियो । केसीले थपे,“चीनको प्रभाव यदि साँच्चिकै रैनरहेछ भने ओलीलाई प्रचण्डले हेरेको हेरै बनाउँछन्, उनी (प्रचण्ड) आँफै प्रधानमन्त्री बन्छन् । एमालेबाहेक १४९ को बहुमत छ, कांग्रेस, राजपा र फोरमलाई मिलाएर प्रचण्ड प्रधानमन्त्री बन्छन्।”

त्यस्तै उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई दक्षिणको समर्थन रहेको पनि ठोकुवा गरे । उनले भने,“देउवालाई भारतको ठूलो ब्याक सपोर्ट छ, त्यही भएर उनले सरकार छोडेका छैनन् । यो त घामजत्तिकै छर्लंग कुरा छ।”

केसीले अनशनतर डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि छानविन हुनुपर्छ भनेर प्रश्न उठाईसकेपछि पराजुलीले राजिनामा दिनुपर्ने सुझाव दिएका छन् । उनले भने,“किनकी पराजुलीमाथि आरोप लागेको छ। प्ुष्टि नहुञ्जेलसम्म उहाँले किन काम गर्नु ? अहिलेलाई राजिनामा दिनुपर्छ।”

यद्धपी उनले पराजुली दोषी नै भए पनि संसदीय सुनुवाई समितिले उनलाई किन सफाई दियो भन्दै कडा प्रश्न समेत तेर्साए । उनले भने,“समितिले किन उनको नाम अनुमोदन गर्यो । यो कुरा गम्भिर हो। चार वटा श्रीमती विवाह गर्दा पनि समितिले किन अनुमोदन गर्यो त ?” उनले पराजुलीको विरुद्धमा त्यतिका धेरै उजुरी हुँदाहुँदैपनि किन उनको नाम संसदीय समितिले अनुमोदन गर्यो त भन्दै प्रश्न तेर्साए ।

त्यस्तै उनले सरकारले आज दिएको पृथ्वी जयन्तीको विदामा पनि प्रमुख दलहरुले झाडा टार्ने काम मात्रै गरेको गुनासो पोखे । उनले भने,“दलहरुले पृथ्वी नारायण शाहलाई सम्मान दिएनन् । यो दुःखदायी कुरा हो, उनीहरुले झारा टार्ने काम गरे।”



प्रतिक्रिया दिनुहोस्

Screenshot