Logo

राजपा र फोरमवीचको एकता टर्यो, उपेन्द्रको दाउ अर्कै



काठमाडौं, २९ पुस । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालवीच तत्काल एकता नहुने भएको छ । निर्वाचनमा जनताले २ नम्बर प्रदेशमा मिलेर सरकार बनाउने जनमत दिएपछि हौसिएका यी दुई पार्टीका नेताहरुले तत्काल एकता हुने अभिव्यक्ति दिएका थिए । तर, अहिले आएर एकताको विषयमा कुनैपनि किसिमको छलफल अघि बढ्न सकेको छैन् ।

दुवै पार्टीका अध्यक्ष खासगरी राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच पछिल्लो समय फोनमा समेत कुराकानी हुन नसकेको स्रोतको दाबी छ । स्रोतको दाबी छ,‘यही तरिका हो भने कसरी पार्टी एकता हुन्छ त ? अहिलेसम्म सौहार्दपूर्ण वातावरणमा कुनै छलफल हुन सकेको छैन, २ नम्बर प्रदेशमा सरकार बनाउनपनि समस्या छ।’

हुन पनि हो, दुई पार्टीका नेताहरुवीच पछिल्लो समय नियमित वार्ता हुन सकेको छैन । यसले गर्दा २ नम्बर प्रदेशमा राजपा–फोरमको सरकार बन्नेमा शंका उत्पन्न भएको छ । प्रदेशको मुख्यमन्त्रीमा पनि कुरा नमिलेपछि फोरमले कांग्रेस र वाम गठबन्धनमध्ये एकसँग मिलेर २ नम्बर प्रदेशमा सरकार बनाउने तयारी थालेको छ ।



प्रतिक्रिया दिनुहोस्