Logo

एमाले अध्यक्ष केपी ओली र म कुनै पनि मूल्यमा पछि फर्कदैनौँ : प्रचण्ड



१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीचको पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । दुई पार्टीबिचको एकताबाट आफूहरु पछि नहट्ने प्रचण्डले बताएका छन् ।
तारेभीर महोत्सवको उद्घाटन गर्दै प्रचण्डले कम्युनिष्टहरुको केन्द्र बनाउने प्रस्तावलाई जनताले अनुमोदन गरेको भन्दै अब कार्यान्वयन गर्ने जिम्मा नेतृत्वको भएको बताए ।
एमाले अध्यक्ष केपी ओली र आफूले कुनै पनि मूल्यमा पछि नर्फकने र जनताको आकांक्षा अनुसार अघि बढ्ने संकल्प गरेका प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले ७० वर्षपछि स्थायी सरकार बन्न लागेको भन्दै नयाँ सरकार बनेसँगै विकासले गति लिने बताए ।

प्रचण्डले जनतासामू गरिएको संकल्प अनुसार बलियो कम्युनिष्ट केन्द्र बनाउनु पर्ने र विकास निर्माणको युग सुरु गर्नु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्