Logo

डिनर खुवाएर देउवाले युवा नेतालाई चित्त बुझाउने



काठमाडौं, ४ माघ । नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा अहिलेसम्म २२ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।

बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटन गर्नुपर्ने माँग राखेका छन् । त्यस्तै आजको बैठकमा हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चुनाव हारेकाहरुलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेद्धवार बनाउन नहुने पनि कुरा उठेको छ ।

बैठकमा भएको छलफलबारे जानकारी दिँदै एक नेताले भने,‘नयाँलाई मौका दिनुपर्छ, पूरानालाई दोहोर्याउन हुँदैन्, राष्ट्रिय सभाको निर्वाचनमा कुन कुन दलसँग तालमेल गर्ने भन्नेबारेपनि छलफल गर्ने तयारी भएको छ।’

 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस

जवाफमा सभापति शेरबहादुर देउवाले तत्काल महासमिति बैठक र महाधिवेशन बैठक बोलाउनुभन्दापनि नयाँ सरकार गठनपछि उक्त बैठक बोलाउने विश्वास दिलाए ।

आज बोल्ने नेताहरुमा कल्याण गुरुङ्, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, रामचन्द्र पौडेल, शंकर भण्डारी, महेन्द्र यादव, प्रदिप पौडेल, महेश आचार्य, धनराज गुरुङ्, कमला पन्त, अर्जुननरसिंह केसी, दिलेन्द्र प्रसाद बडु, श्याम प्रसाद घिमिरे, एन.पी. साउद, हरि नेपाल, रामशरण महत, प्रकाशशरण महत, आनन्द ढुंगाना र भीष्मराज आङम्बेले थिए ।



प्रतिक्रिया दिनुहोस्