Logo

देउवाले संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटन गर्लान ?



५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटन गर्न सक्ने बताइएको छ ।

हिजोदेखि सुरु भएको केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रिय सदस्यले दुवै संरचना विघटन गर्न माग गरेपछि देउवाले विघटन गर्न सक्ने कतिपयको अनुमान छ ।

दुवै संरचना कांग्रेसको विधान विपरित भएकाले विघटनको माग गरिएको हो । यसअघि पनि वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरुले पनि उक्त संरचना विघटन गर्न माग गरेका थिए ।

यद्यपी अझै बढि सदस्यहरुको राय सुनिसकेपछि मात्रै विघटन गर्ने वा पुनः संरचना गर्ने भन्नेमा देउवाले विचार गर्न सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्