Logo

ओली–प्रचण्डवीच आजै भेटवार्ता हुने, यस्ता छन् एजेण्डाहरु



काठमाडौं, ५ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आज भेटवार्ता हुने भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनको लागि अध्यक्ष प्रचण्डले आजै भेटवार्ता गर्ने प्रयास गरेका छन् ।

आज साँझसम्म भेटवार्ता हुने प्रचण्ड निकट उच्च स्रोतको दाबी छ। उनीहरुवीच पार्टी एकता र राष्ट्रिय सभाको निर्वाचनमा भागबण्डाबारे गहिराईमा गएर छलफल हुने बुझिएको छ । सरकार गठन भन्दा अघि नै पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा दुवै नेताहरु उभिएका छन् ।



प्रतिक्रिया दिनुहोस्