Logo

प्रदेश सभा सदस्यहरुलाई सभापति देउवाको यस्तो निर्देशन



काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्यहरुलाई जनताको पक्षमा काम गर्नको लागि विशेष निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा सभापति देउवाले प्रदेशसभा सदस्यलाई यस्तो निर्देशन दिएका हुन् । प्रदेश नम्बर ५ बाट समानुपातिकमा निर्वाचित प्रदेशसभा सदस्यलाई बधाई दिँदै देउवाले प्रदेशका जनताको हितमा काम गर्न निर्देशन दिएको भेटमा सहभागी प्रदेशसभा सदस्य निर्मला क्षेत्रीले जानकारी दिईन् ।

निर्वाचन आयोगले प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिएको भोलिपल्टै आज प्रदेश ५ का सदस्यहरु पार्टी सभापति देउवालाई भेट्न गएका हुन् ।
प्रदेशसभाका सदस्यहरुले भोलि प्रदेश प्रमुखबाट प्रदेशको मुकाम बुटवलमा सपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

भेटमा पार्टी सभापति देउवाका साथै उपप्रधानमन्त्री विजयकुरमार गच्छादार, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँण लगायतका नेताहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्