Logo

एकता संयोजन समितिको बैठक आज, महत्वपूर्ण निर्णय हुने



७ माघ, काठमाडौं । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार दिउँसो ३ बजे बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बस्नेछ ।

बैठकले पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको छ । राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र सांगठनिक विषय टुंगो लगाउन अर्को पनि कार्यदल गठन गर्ने तयारी गरेका छन् ।

आइतबारको बैठकको पूर्वतयारीअनुसार शनिबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि प्रचण्डले आइतबारको बैठकबाट महत्वपूर्ण निर्णय हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्