Logo

एमाले-माओवादी एकता संयोजन समितिको बैठक बालकोटमा जारी



काठमाण्डौ, ७ माघ । एमाले र माओवादी एकता संयोजन समितिको बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भइरहेको छ ।

बैठकले प्रदेश सरकार गठन र राष्ट्रियसभा सदस्यको उम्मेदवारी टुग्याउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालकोटस्थित ओली निवासमा शनिबार भएको बैठकमा प्रदेश सरकार गठन, राष्ट्रियसभा उम्मेदवार चयन र पार्टी एकीकरण प्रक्रिया टुंगो लगाउन आइतबार एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।

राष्ट्रियसभाको उम्मेदवारी र प्रदेश सरकार गठनका लागि कार्यदलले तयार पारेका प्रतिवेदनलाई एकता संयोजन समितिले अन्तिम रुप दिनेछ । त्यस्तै पार्टी एकताबारे पनि छलफल र निर्णय हुनेछ ।



प्रतिक्रिया दिनुहोस्