Logo

राष्ट्रियसभा चुनावमा जुन दलसँग तालमेल गर्दा फाइदा हुन्छ, उसैसँग तालमेल : मनिष सुमन



९ माघ, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले राष्ट्रियसभा चुनावमा जुन दलले आफूहरुलाई जिताउने गरी सहयोग गर्छ उसैसँग तालमेल गर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले जुन दल वा गठबन्धनसँग तालमेल गर्दा बढि सिट जित्न सकिन्छ उसैसँग तालमेल गरेर चुनावमा जाने स्पष्ट पारे ।

यद्यपी पहिलो प्राथमिकता नेपाली कांग्रेसलाई दिइएको सुमनले बताए । तर कांग्रेस सहज तरिकाले तालमेल गर्ने अवस्थामा नरहेको उनको भनाई थियो । “कांग्रेसमा अझै पनि दम्भ हटेको छैन । निर्वाचनमा पराजय भइसकेपछि पनि राष्ट्रियसभामा मै जित्नुपर्छ भन्ने तरिकाले कुरा गरिएको छ ।”

वाम गठबन्धनसँग पनि तालमेलका बारेमा कुरा भइरहेको जानकारी दिदै सुमनले जोसँग सहकार्य गर्दा बढि फाइदा हुन्छ, उसैसँग सहकार्य गर्ने बताए ।
तर वाम गठबन्धनले तालमेलसँगै संविधान संशोधनको विषयमा पनि लचक हुनुपर्नेमा सुमनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्