Logo

राष्ट्रियसभाका लागि तीन प्रदेशमा एमालेका उम्मेदवार तय



काठमाडौँ, ९ माघ (रासस) : नेकपा (एमाले) ले आशन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केहीबेर अघि सम्पन्न स्थायी कमिटी बैठकले ती नाम तय गरेको हो । बैठकपछि पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले जारी गरी प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया बिष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा बनाइएको जानकारी दिनुभएको हो ।

यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालिकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम लाई उम्मेदवार बनाएको छ ।

प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । अन्य प्रदेशको उम्मेदवारको नामावली एमालेले सार्वजनिक गरेको छैन ।

यही माघ २४ गते हुने सो निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा मात्र उम्मेदवार दिनेछ । बैठकले माओवादी केन्द्रसँगको पार्टी एकीकरण प्रक्रिया सकारात्मक दिशामा अगाडि बढिरहेकामा विश्वस्त हुन आग्रह गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई एकीकरण प्रक्रियालाई बल पु¥याउने गरी काम गर्न निर्देशित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्