Logo

ओली–प्रचण्डले आज पार्टी एकताबारे टुँगो लगाउने



काठमाडौं, १२ माघ । वाम गठबन्धनका प्रमुख नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच आज निर्णायक वार्ता गर्ने भएका छन् ।

पछिल्लो समय पार्टी एकताबारे संशय छाईरहेको बेला आज दुई नेताहरुवीच भेटवार्ता हुन लागेको छ । भेटवाबारे पत्रकार ऋषि धमलासँग बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने,‘आज ओलीजी र मेरा वीच विशेष भेटवार्ता हुन्छ, सबै कुरा आजै छिनोफानो हुन्छ।’

प्रचण्डका अनुसार एमाले अध्यक्ष ओली निवास बालकोटमा हुने भेटवार्तामा विशेषतः सरकार गठन, पार्टी एकता र प्रदेश सरकार गठनबारे कुराकानी हुनेछ । पार्टी एकतामा सांगाठनिक विषयमा कुरा नमिलेपछि एकता प्रक्रिया नै लम्बिएको भनेर गठबन्धनकै नेताहरुले सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला प्रचण्डले आज विशेष कुराकानी गरेर सहमति गरिने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्