Logo

‘सरकार गठन र पार्टी एकता हुन नदिन षड्यन्त्र’ : सचिव ज्ञवाली



भक्तपुर, १२ माघ (रासस) : नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले वाम गठबन्धनको सरकार बन्न र पार्टी एकता हुन नदिन अझै पनि षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

अनेरास्ववियु भक्तपुरको १८ औँ सम्मेलनका क्रममा उहाँले यस्ताखाले षड्यन्त्रलाई चिर्दै आगामी फागुन पहिलो सातासम्म नयाँ सरकार गठन र पार्टी एकता गर्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले अबको १० वर्षमा युवालाई रोजगारीका लागि खाडी मुलुक जानुपर्ने अवस्था नआउने जिकिर गर्नुभयो । एमालेका केन्द्रीय सदस्य सोम मिश्र, प्रदेशसभामा नवनिर्वाचित सदस्य शशीजंग थापा, अनेरास्ववियु भक्तपुर इन्चार्ज राजन केसी, अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष शैलेश लामालगायतले देशको परिवर्तनमा विद्यार्थीले पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।

शनिबारसम्म चल्ने ८४ प्रतिनिधिको उपस्थिति रहेको सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने अनेरास्ववियु भक्तपुरका संयोजक जयराम बास्तोलाले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्