Logo

वाम गठबन्धनको सरकारको विकल्प छैन : कमल थाला



राजविराज, १३ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले संवैधानिक जटिलताका कारण सरकार बन्नमा ढिलाइ भएको बताउनुभएको छ ।

मोरङ, झापा, सुनसरी र सप्तरीको भ्रमणमा रहेका मन्त्री थापाले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा संविधान निर्माणका क्रममा नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संवैधानिक जटिलताका बारेमा पर्याप्त ध्यान नदिएको भन्दै निर्वाचन सम्पन्न गराई सरकार निर्माण गर्ने बारेमात्र उनीहरुले सोचेकाले अहिलेको संवैधानिक जटिलता आएको आरोपसमेत लगाउनुभयो ।

उहाँले वाम गठबन्धनलाई यसपटक जनताले जनाधिकार दिएकाले वाम गठबन्धनको सरकारको विकल्प नरहेको समेत बताउनुभयो ।

अब बन्ने सरकारले मुलुकमा स्थायित्व कायम गर्ने र समग्र आर्थिक विकासमा मुलुकलाई अगाडि बढाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

मधेशकेन्द्रित दलले राजनीतिक स्वार्थमा आन्दोलन गरेको र उनीहरुको मुद्दासमेत स्पष्ट नरहेको बताउँदै मन्त्री थापाले प्रादेशिक मुद्दा उठाएर जनतालाई झुक्याई सत्तामा रहनमात्र मधेशी दलले आन्दोलन गरेको आरोपसमेत लगाउनुभयो ।

उहाँले नेपाली जनतामा अहिले पनि हिन्दू राष्ट्रको अभिमत नघटेको दाबी गर्दै अब सडकबाटै पार्टीले उठाएको एजेण्डालाई स्थापित गर्ने जिकिरसमेत गर्नुभयो ।
(रासस)



प्रतिक्रिया दिनुहोस्