Logo

प्रचण्ड भेट्न ओली आँफै पुगे खुमलटार, निर्णायक वार्ता सुरु



काठमाडौं, १४ माघ । एमाले अध्यक्ष केपी शर्मा ओलीर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता शुरु भएको छ ।

आईतबार बिहान ११ बजेदेखि प्रचण्ड र ओलीबीच प्रचण्ड निवास खुमलटारमा निर्णायक वार्ता शुरु भएको हो । दुवै पार्टी एकीकरण र वाम सरकार गठनका विषयमा संशय उत्पन्न भइरहेको बेला वार्ता गर्न ओली प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

यसका अघिका वार्ता ओली निवास बालकोटमा हुने गरेको भएपनि आज भने ओली आफै प्रचण्ड निवास खुमलटार पुगेका हुन । ओलीले सरकारको नेतृत्व गर्दा माओवादी अध्यक्ष प्रचण्डले एकीकृत पार्टीको नेतृत्व गर्नु पर्ने माओवादी नेताहरुको अडान छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्