Logo

ओली र प्रचण्डबीच भेटवार्ता, आजपनि कुरो मिलेन



काठमाडौं, १४ माघ । वाम गठबन्धनका प्रमुख नेताद्धय एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीचको निर्णायक वार्ता सहमति विना सम्पन्न भएको छ ।

आज बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने र नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका सहयोगीले जानकारी दिए । सबै विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुग्न थप गृहकार्य गरिने भन्नेबारे दुई नेताहरुवीच छलफल भएको थियो ।

पार्टी एकताको लागि पछिल्ला दिनमा सक्रियता बढाएका नेताद्धय ओली र दाहालबीच आज पनि छलफल भएको हो । दुई पार्टीका अध्यक्षबीच पार्टी एकीकरण र प्रदेश सरकार गठनबाहेक केन्द्रमा वाम सरकार गठनलगायतका विषयमा पनि छलफल भएको छ ।

प्रदेश सरकार निर्माणमा पद बाँडफाँट गर्न दुई दलका नेता सम्मलित कार्यदलले मूख्यमन्त्री लगायतका पदमा सहमति गर्न नसकेपछि दुई पार्टीका अध्यक्षले भेटवार्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्