Logo

बुटवलबाट प्रदेश सार्न खोजे काठमाण्डौ ठप्प पार्ने खाँणको चेतावनी



बुटवल, १४ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब अर्थमन्त्रि बालकृष्ण खाँणले ५ नम्बर प्रदेशको मुकाम बुटवलबाट सार्न चलखेल भए काठमाडौं र पोखरा ठप्प पार्ने चेतावनी दिएका छन् ।

तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोश्रो अधिवेसनको मणिग्राममा उद्घघाटन गर्दै उनले चेतावनी दिएका हुन् । उनले भने,‘मुकाम सार्न केहि शक्तिले चलखेल गरिरअ‍ेमन छज्, तर यो कदापि मान्य हुँदैन् ।’

रुपन्देहीले बिभिन्न संकटका बेला काठमाडौंलाई घुँडा टेक्नबाट बचाएको स्मरण गराउँदै मुकाम बुटवलबाट सार्ने निर्णय भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने उनको चेतावनी थियो ।



प्रतिक्रिया दिनुहोस्