Logo

ईश्वर पोखरेल अध्यक्ष बन्न चाहेपछि प्रचण्ड झस्किए, पार्टी एकता धरापमा



माघ १७, काठमाण्डौ । नेकपा एमाले र माओवादीबिचको पार्टी एकता प्रक्रिया पछिल्लो समय ओझेलमा परेको छ । दुई दलका नेताहरुबिचको छलफल सत्तामा प्राप्त हुने विभिन्न पदीय भागबण्डामा केन्द्रित भइरहेको छ ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको भेटवार्ता पार्टी एकता प्रक्रिया टुङ्ेगोमा पुर्याउने भ्रम पनि लामो समय छरियो । तर पछिल्लो समय दुई अध्यक्षबिच भएको ८ घण्टा लामो छलफलले प्रदेश सरकारको भागबण्डा मात्रै गरेको थियो ।

पार्टी एकता प्रक्रिया अवरुद्ध हुनुमा एकीकृत पार्टीको अध्यक्ष पद नै मूख्य कारण मानिएको छ । माओवादीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा स्विकार गरेर प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउनुपर्नेमा दबाब दिइरहेका छ । तर एमालेले प्रचण्डलाई अध्यक्ष दिने कुनै छाँटकाँट छैन ।

प्रचण्डलाई अध्यक्ष नदिए पार्टी एकता नहुने माओवादीको बटमलाईन र प्रचण्डलाई अध्यक्ष दिन नसकिने एमालेको बटमलाइनले पार्टी एकता टर्ला कि जस्तो पनि देखिएको छ ।

यसैबिच एमाले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले तत्काल पार्टी एकता नहुने निष्कर्ष नै निकालेको बताइएको छ ।

स्रोतका अनुसार प्रचण्डलाई पार्टी अध्यक्ष दिँदा भविष्यमा पार्टी अध्यक्ष बन्ने बाटो बन्द हुने भएकाले पोखरेलको दबाबमा पार्टी एकतालाई टुङ्गोमा पुर्याउन नसकिने निष्कर्ष निकालिएको हो । एमालेका महासचिव पोखरेल भावी अध्यक्षको रुपमा लिइएको छ । तर प्रचण्डलाई अहिले अध्यक्ष बनाउँदा आफु कहिल्यै पनि अध्यक्ष बन्न नपाउने पोखरेलको अनुमानले एकता अवरुद्ध भएको छ ।

त्यति मात्रै नभई प्रचण्डलाई अध्यक्ष बनाउँदा एमालेभित्र माधवकुमार नेपालसहितका नेताहरूको समूह बलियो हुने पोखरेल र ओलीको ठम्याई छ । ओलीले माओवादीसँग पार्टी एकता नगर्ने र ईश्वर पोखरेललाई एमालेको भावी अध्यक्ष बनाउने रणनीतिमा रहेका स्रोतको भनाइ छ ।

ओलीले आफू स्वस्थ नरहेको र एमालेको नेतृत्वका लागि पोखरेल उचित व्यक्ति रहेको बताएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद आफूले एकसाथ सम्हाल्न नसक्ने भन्दै अध्यक्षको तयारी गर्न निर्देशन दिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्