Logo

देउवा सरकारले राजनीतक अराजकता मच्चायो : महरा



शरद रेग्मी तुलसीपुर,यएर्पाेट २१ माघ : नेकपा माओवादीका प्रभाबसाली नेता कृस्ण बहादुर महराले देशमा देउवा सरकारले राजनीतीक अराजकता मच्चाएको आरोप लगाएका छन ।

रिपोर्टस क्लब दाङले दाङको तुलसीपुर एयरपोर्टमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै दाङ प्रतिनिधीसभा २ बाट निर्वाचीत सांसद समेत रहेका महराले हालको सरकारले राजनीतीको नैतिकता समेत नदेखिएको भन्दै देउवा सरकारले देशमा राजनीतीक अराजकता अपनाएको समेत बताएका छन ।

देउवा सरकारले गरेका कतीपय निर्णयहरुलाई अव बन्ने सरकारले उल्टाउन सम्म सक्ने बताएका छन ।

रिपोर्टस कल्ब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा माओवादिका प्रभाबसाली नेता महराको प्रमुख आथित्यतामा सम्पन्न भएको बिशेष साक्षात्कार कार्यक्रममा पार्टी एकता कहिले हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा दुई दल भनेका फरक दृस्टीकोण फरक मान्यता बोकेका दल भएकोले पार्टी एकता भन्ने कुरा भने जस्तो सजिलो नभएको र दुई पार्टीका अध्यक्ष बिच व्यापक छलफल समेत भैराखेकोले एकतामा केहि ढिला भएपनी केहि समय पछि पार्टी एकता निश्चित हुने उनले बताएका छन ।



प्रतिक्रिया दिनुहोस्