Logo

स्वराजको भ्रमणले नेपाल–भारत सम्बन्ध बलियो : खनाल



काठमाडौं, २३ माघ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले दुई देशको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिजस्ता महत्वपूर्ण पदमा एउटै व्यक्तिलाई दोहोर्याउन नहुने जिकिर गरेका छन् । उनले उनीहरुलाई अर्काे कार्यकाल दोर्होयाउन नहुने बताए हुन ।

ईरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को २९औँ स्थायी कमिटीको बैठकमा सहभागी भएर आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले एमाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फेरि दोर्होयाउने पक्षमा नरहेको स्पष्ट पारे ।

उनले पार्टीमा महत्वपूर्ण योगदान गरेका धेरै विशिष्ट व्यक्ति रहेकाले कसैको व्यक्तिगत इच्छा पूरा गर्न नसकिने बताए । पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने संकेत खनालको थियो ।



प्रतिक्रिया दिनुहोस्