Logo

म ठोकेर भन्छु प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री बन्नुहुन्छ : विडारी



काठमाडौं, २५ माघ । नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अबको प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै हुने ठोकुवा गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सकेसम्म सरकार गठन सँगसँगै नभए एक दुई दिनपछि भएपनि पार्टी एकता हुन्छ, एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुहुन्छ।’

नेता विडारीले दुवै पार्टीको एउटै सिद्धान्त र विचार भएकोले परिवर्तनका संवाहकद्धय नेता ओली र प्रचण्ड एक/एक पदमा बस्ने भएकोले आली प्रधानमन्त्री बन्दा प्रचण्ड अध्यक्ष बन्ने विश्वास दिलाए । एकता प्रक्रिया आँफैमा गाहा«े काम भएकोले समय लाग्नु स्वभाविक भएको उनको स्पष्टोक्ति थियो ।

यद्धपी उनले पार्टी एकताको विषयमा दुवै पार्टीका अध्यक्षद्धय ओली र प्रचण्डले धेरै पटक वान–टु–वान भेटवार्ता गरेको र दुवै पार्टीका दोस्रो तहका नेताहरुवीच पनि धेरै पटक सामूहिक वार्ताहरु भैरहेको जनाए । एमाले र माओवादी अब एउटै पार्टी भैसकेकोले घोषणा गर्न मात्रै बाँकी रहेको विडारीको भनाई थियो ।

अब बन्ने सरकारसामू अवसरसँगै चूनौतिहरु प्नि प्रशस्तै रहेको उनले बताए । अझैपनि एक सयजति कानून निर्माण गर्न बाँकी रहेको उनले सुनाए । उनले भने,‘प्राकृतिक स्रोत तथा वित्त आयोगसम्बन्धी कानूनहरु बनाउन बाँकी छ, संघीयता नेपालको लागि नयाँ हो, त्यसैले अवसरहरु धेरै छन्, यो सँगै चूनौतिहरु प्नि छन्, यी सबैलाई हल गर्नुपर्छ।’ विडारीले फागुणको १५ गतेभित्रै एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्