Logo

सत्ता छिट्टै हस्तान्तरण हुँदैछ : अध्यक्ष थापा



धनगढी, २९ माघ (रासस) ः उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले जनताको पछिल्लो जनादेशअनुसार वर्तमान सरकारले चाँडै सत्ता हस्तान्तरण गर्न लागेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीय संसद् गठनको पूर्णतामा समय लागेकाले सत्ता हस्तान्तरणमा पनि समय लागेको स्पष्ट पार्नुभयो ।

ऊर्जा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका थापाले भन्नुभयो, “ऊर्जाको विकासबाट मात्र देशमा समृद्धि र विकास हुन्छ ।”

अब बन्ने नयाँ सरकारलाई आफूहरुको रचनात्मक सहयोग रहने उहाँले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्