Logo

शीतलनिवासमा एमाले नेताहरु दौरासुरुवालमा, को–को बन्दैछन् मन्त्री ?



काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सपथ लिनको लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेका छन् । प्रधानमन्त्री ओलीले आजै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

यतिवेला शीतलनिवासमा एमालेका एक दर्जनभन्दा बढि नेताहरु दौरासुवालमा छाँटिएर पुगेका छन् । ती मध्ये कसले मन्त्रीमा बाजी मार्लान त्यो भने अब केही बेरमै थाहा हुन्छ ।

ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका थिए ।  पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका थिए ।

तस्विर ::मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्