Logo

मुख्यमन्त्रीहरुको कन्तबिजोग, बस्ने निवास नै छैन



काठमाडौं, ५ फागुन । प्रदेशका मुख्यमन्त्रीहरुको लागि अहिलेसम्म आवासको व्यवस्था नै हुन सकेको छैन् । यसले गर्दा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको कन्तबिजोग रहेको प्रष्ट देखिन्छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको लागि अहिलेसम्म पनि बस्ने आवास मिलाईएको छैन् । यसले गर्दा पोखरेल हैरान भएका छन् । उनलाई भेट्न चाहानेहरुको लागि पनि त्यतिकै मात्रामा सास्ती भैरहेको छ ।

त्यस्तै प्रदेश १ का मन्त्रीहरुको पनि त्यस्तै बिजोग छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो बिहीबार शपथ लिएर पहिलो मन्त्रिपरिषद बैठकमा सहभागी भए । बैठक सकिँदा साँझ परेको थियो । पद बहालीका लागि मन्त्रालय पुगे र मोबाइलको बत्ती बालेर पद बहाली भए । उनी पनि सपथ लिएकै दिन स्वगतम् होटलमा बास बसे । एक नम्बर प्रदेशमा जस्तो समस्या छ, त्यस्तै समस्या यता प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा पनि देखिएको छ ।

यो प्रदेशमा जचुकाली परिसर भित्रका भवनहरु मन्त्रीहरुको लागि कार्यालय भन्दै धमाधम मर्मत हुँदैछ । मर्मत र रंगरोगन भैसकेका भवनहरुमा मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालय तथा निवास स्थापना गरिएको बुझिएको छ । यहाँ पनि मुख्यमन्त्रीदेखि मन्त्रीहरुको लागि आवासको समस्या देखिएको छ ।
प्रदेशहरु १, २ र ५ जस्तै अन्य प्रदेशमा पनि मुख्यमन्त्रीको आवासदेखि कार्यालय नहुँदा मुख्यमन्त्री तथा मन्त्रीहरु अहिले सास्ती खेप्न बाध्य भएका छन् ।



प्रतिक्रिया दिनुहोस्