Logo

बहुप्रतिक्षित बैठक जारी : एमाले-माओवादी एकता घोषणा आजै



काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको एकता बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच हिजो भएको (६ घण्टा लामो बैठक) र आज विहान भएको तीन घण्टा वान टु वान बैठकमा एकताबारे सहमति भएको थियो ।

दुई नेताहरुवीच भएको सहमतिलाई अन्तिम रुप दिने र आजै एकता घोषणा गर्ने भन्दै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा निर्णायक बैठक जारी छ । पत्रकार ऋषि धमलाले दिएको जानकारी अनुसार दुवै पार्टीबीच एकता गर्ने सहमति भैसकेको छ ।

नयाँ सहमति अनुसार दुवै नेता ओली र प्रचण्ड अध्यक्ष बन्ने र सरकारको नेतृत्व आलोपालो गर्ने(यद्धपी सहमतिको डकुमेन्टशन) मा उल्लेख नगर्नेगरि आजै एकता घोषणा हुने भएको छ ।

एकता सहमति पत्रमा जनताको बहुदलीय जनवाद र माओवाद दुबैलाई छलफल गर्दै महाधिवेशनमा लगेर टुंग्याइने उल्लेख गर्ने सहमति भएको छ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्