Logo

वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री बन्ने निश्चित छ : मोदी



काठमाडौं, १० फागुन । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद अमनलाल मोदीले राम्रो र वैज्ञानिक मापदण्ड बनाईए आफू मन्त्री हुने निश्चित भएको ठोकुवा गरे । यद्धपी आफू मन्त्री हुनकै लागि चाप्लुसी, चाकडी वा धाउने काममा नलाग्ने स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री हुन्छु।’ नेता मोदीले अहिले आफ्नो पार्टी माओवादी केन्द्र ५, ६ र ७ नम्बर प्रदेशमा मात्रै केन्द्रित भएकोमा गुनासो पोखे ।

उनले भने,‘समानुपातिक–समावेशीताको आधारमा गरिने हो भने म नपर्ने कुरै छैन।’ उनले मन्त्रिमण्डल विस्तार आज वा भोलिभित्रै टुँगो लाग्ने पनि विश्वास दिलाए । उनले एमाले–माओवादीबीचको एकताको समझदारीलाई विहेको लगन जुरेको संज्ञा दिए । उनले भने,‘एकता भनेको विहेको लगन जुरेकोजस्तो हो, विहेको कार्ड वितरण भैसक्यो, विहे भएर दाम्पत्य जीवन राम्रो हुन्छ।’



प्रतिक्रिया दिनुहोस्