Logo

निर्यातका लागि दिइएको ४१ करोड प्रोत्साहन अनुदान खेर गयो, निर्यात दयनीय



फागुन ११, काठमाण्डौ । सरकारले औद्योगिक वस्तुको निर्यातको लागि भन्दै प्रोत्साहन अनुदान दिदै आईरहेको छ । अहिले औद्योगिक वस्तुको निर्यातमा उपलव्ध गराउने गरेको अनुदान भने उपलव्धी मुलक हुन सकेको छैन ।
प्रोत्साहान रकमको आकार बढदै गए पनि सम्बन्धित उद्योगीमा पुग्न नसक्दा निर्यात बढन सकेको छैन् ।

स्वदेशी उत्पादनलाई नगद प्रोत्साहन दिएर निर्यात बढाउने उद्देश्यमा सरकार असफल भएको छ । राष्ट्रबैंकका अनुसार हालसम्म एक अरब ४१ करोड रुपैयाँ नगद प्रोत्साहान रकम वितरण भइसकेको छ । नगद प्रोत्साहान पाँउने बस्तुको निर्यात भने दयनीय रहेको छ ।

नेपालमा बढी मात्रामा उत्पादन र निर्यात हुने चिया, पस्मिना, चाउचाउ, गलैँचा आदी रहेका छन् । नेपालको सबै भन्दा ठूलो व्यापार घाटा भारतसँग छ । नेपालबाट बढि निर्यात हुने मुलुक पनि भारत नै हो । छिमेकी मुलुकमा २०७३–७४ मा चिया २७ करोड ७ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

कफी तथा चिया विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले सरकारले अनुदान दिए पनि निर्यात बढाउन नसकेको बताएका छन् । उत्पादन र निर्यात बढाउनका लागि सरकारले अक्सन मार्केटको व्यवस्था गर्न जरुरी रहेको भन्दै सरकारको नगद प्रोत्साहनले निर्यातयोग्य बस्तुलाई समेट्न नसकेको निर्देशक गौतमको दाबी छ ।

मुख्य निर्यातयोग्य नेपाली उत्पादन पस्मिनाको अवस्था पनि उस्तै छ । छिमेकी मुलुकमा २०७३–७४ मा २ अर्ब ३७ करोड रुपैयाँको पस्मिना निर्यात भएको थियो । जति मागसगँ उत्पादन हुर्नुपर्ने हो । तर त्यो माग पूरा गर्न नसकेको अवस्था छ ।

पस्मिना उत्पादनको गुण्स्तरमा ध्यान दिन जरुरी भए पनि नगद अनुदानको दायरा र रकम बढाएमा निर्यात बढाउन सकिने सम्भावाना रहेको पस्मिना उद्योग सघंका अध्यक्ष दुर्गाविक्रम थापाले बताए ।

सरकारले उपलव्ध गराउँदै आएको अनुदान रकम निर्यात वस्तुमा भन्दा अनुदान रकम अन्य वस्तुमा अनुदान दिने प्रवृतिले पनि सम्बन्धित वस्तुको छुटमा अनुदान पुग्न नसक्ने गरेको उद्योगीको भनाई छ । देशको अर्थतन्त्रलाई सक्षम बनाउन पनि अहिले निर्यात जन्य वस्तुको उत्पादनमा ध्यान दिन जरुरी छ ।

निर्यात बढाउन सबैभन्दा पहिला उत्पादन मुलुुक उधोगमा लगानी बढाउनु पर्छ । सरकारले निर्यात जन्य वस्तुमा दिने गरेको अनुदान सम्विन्धत उद्योगी र निर्यात जन्य वस्तुमा पुग्न सके हरेक वस्ुतको आयातमा भर पर्दै आएको नेपाल निर्यात गर्न सक्षम हुन सक्छ । बस्तुको गुण्स्तर सुधारमा ध्यान दिनुको साथै निर्यात योग्य बस्तु प्राथमीकतामा राखेर प्रवद्र्धन गर्नु आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस्