Logo

६७औँ जन्मदिन मनाउँदै ओलीले भने ‘हावा फुस्काइदिउँ?’, पत्नी राधिकाले गरिन दिर्घायुको कामना



फागुन ११, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली ६७ वर्ष प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा सचिवालयले बिहीबार राति नै सरकारी निवास बालुवाटारमा जन्मदिनको केक काटेको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष  प्रधानमन्त्री निवास बालुवाटारमा  बिहानै दुई वटा केक काटेर जन्मदिन मनाएका हुन् ।

ओलीको जन्मदिनको शुभकामनासहित एमाले पार्टी कार्यालय र मदन भण्डारी स्पोर्ट्स एकेडेमीले केक वालुवाटार पुर्याएका थिए ।

पार्टी कार्यालयबाट आएको केक ओलीले पत्नी राधिका शाक्यको अनुपस्थितीमा काटेका थिए भने एकेडेमीले ल्याइदिएको केक पत्नीसँगै बसेर काटे ।
ओलीपत्नी बाहिर निस्केकाले समयमै पुग्न नसकेपछि ओलीले पहिलो केक काट्दा उनी खनुपस्थित भएकी हुन् ।

एकेडेमीले फुटबल आकारमा केक बनाएर ल्याएको थियो । ओलीले हासिमजाक गर्दै उक्त फुटबल केट काटेका थिए ।
फुटबल आकारको केक भएकाले होला ओलीले केक काट्ने बेलामा भने, ’हावा फुस्काइदिउँ?’

पत्नी राधिकाले श्रीमान ओलीलाई केक खुवाउँदै दिर्घायुको कामना गरिन् ।
केक खुवाउँदै उनले भनिन्, ’धेरै केक नखानु अझै खान बाँकी छ।’

ओलीलाई जन्मदिनको अवसरमा शुभकामना दिन चीनका राजदुत यु होङ र भारतका राजदुत मन्जिभ सिंह पुरी बालुवाटार पुगेका थिए ।

जीवनको उत्तरार्धसम्म जन्मदिन नमनाएका ओलीले समर्थकमाझ चार वर्षअघि निजी निवास बालकोटमा जमघट आयोजना गरेका थिए।

२००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका ओली समकालिन नेताहरुमा सबैभन्दा बढी संघर्षशील नेता हुन्। उनले १४ वर्ष जेल जीवन बिताएका छन्।



प्रतिक्रिया दिनुहोस्