Logo

कांग्रेसले बनायो तीन सदस्यीय कार्यदल



काठमाडौं, १३  फागुन । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो । कार्यदल सदस्यहरूमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् ।

समितिले संसदीय दलको नेता चयनका लागि मिति तोक्ने बताइएको छ । फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो । बैठकले संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्