Logo

मन्त्रीका आकांक्षी धेरै भएकाले सरकारलाई पूर्णता दिन ढिला : नेपाल



काठमाडौं, १५ फागुन । नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले चाडै पूर्णता पाउने बताएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन रत्न राज्य क्याम्पसको बृहत रचनात्मक सप्ताहको आज काठमाडौमा समापन गर्दै नेता नेपालले मन्त्रीका आकांक्षी धेरै भएकाले सरकारलाई पूर्णता दिन ढिला भएको बताएका हुन् ।

उनले कम्युनिष्ट सरकारले मुलुकको आर्थिक विकासलाई गति दिने पनि दाबी गरे । राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै नेता नेपालले राजनीतिक स्थायित्वबाट मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गरे ।

उनले केही शक्तिले मुलुकमा कम्युनिष्टको सरकार नरुचाएको भए पनि मुलुकको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्न आह्वान गरे ।

जातजाति, भाषा, धर्म र भूगोलको कुरा छाडेर अब सिंगो मुलुकको समृद्धिमा लाग्नु पर्ने उनको भनाई थियो । नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृया पनि चाँडै टुंगिने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्